पनौती
पनौति नगरपालिकाले मापदण्ड विपरितका घर टहरा हटाउने भएको छ । आज एक सुचना जारी गरि पनौती नगरपालिकाको विभिन्न स्थानमा वा सडक किनारामा नगरपालिकाको स्वीकृत नलिइ घर टहराहरु निर्माण भएका र कतिपय स्थानमा धमाधम निर्माण भैरहेको जानकारी प्राप्त भएको कारण सम्बन्धी सूचना सूचना जारी गर्नुपरेको नगरपालिकाले जनाएको छ । साथै नगरपालिकाले घर तथा टहरा निर्माण गर्न नगरपालिकाको अनुमति लिन र अनुमति नलिइ वा मापदण्ड बिपरित निर्माण भएका घर तथा टहराहरु हटाउनको लागि सम्बन्धित सबैमा सूचना मार्फत जानकारी गराएको छ। साथै नगरपालिकाले सुचनाको वेवास्था गरि काम गरिरहेका देखिएमा वा मापदण्ड बिपरितका संरचना नहटाएमा स्थानीय सरकार संचालन ऐन २०७४ बमोजिम कारवाही गरिने यो समेत सुचना मार्फत चेतावनी दिएको छ ।