काभ्रे,
काभ्रे जिल्लाको तेमालमा स्थानीय पर्वकै रुपमा विकसित जनैपूर्णिमा जात्रा मनाउन गाउँपालिकाले दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै श्रावण २६ र २७ गतेका दिन स्थानीय पर्व विदा अन्तर्गत गाउँपालिका अन्तर्गतका सम्पूर्ण कार्यालयहरु, शैक्षिक संस्थाहरु तथा वडा कार्यालयहरु बन्द रहने जानकारी गराएको हो ।
गाउँपालिकाद्वारा प्रकाशित सूचनामा तेमाल गाउँपालिकाको केन्द्रमा अवस्थित श्री नारायणको मन्दिर परिसरमा जनै पूर्णिमाको पावन अवसरमा परापुर्वकाल देखि नै जनैपूर्णिमाको दिन धार्मिक जात्रा हुने गरेको, नारायणस्थानमा लाग्ने सो धार्मिक जात्रा ९मेला० तेमालको साँस्कृतिक पर्व कै रुपमा विकसित भएको र तेमाल लगायत आसपासको गाउँपालिका तथा नगरपालिका र अन्य छिमेकी जिल्लाबाट समेत दर्शनार्थी भक्तजनहरु उपस्थित भई धार्मिक अनुष्ठान गर्ने भएकोले यस जात्रा ९मेला०लाई सभ्य, भव्य रुपमा मनाउन श्रावण २६ र २७ गते गाउँपालिका अन्तर्गतका सम्पूर्ण कार्यालयहरु, शैक्षिक संस्थाहरु तथा वडा कार्यालयहरु समेत कार्यपालिकाबाट अनुमोदन गर्ने गरी गाउँपालिकाको अध्यक्षस्तरीय मिति २०७९ । श्रावण २४ को निर्णयानुसार उक्त २ दिन सार्वजनिक विदा ९स्थानिय पर्व बिदा० गरिएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइएको उल्लेख भएको छ ।