काभ्रे
काभ्रेको पनौती नगरपालिकाका प्रमुख भीम न्यौपाने लगाएत पनौतीका सम्पुर्ण जनप्रतिनिधिले २०७९ साल बैशाख ७ गतेबट लागु हुनेगरि कुनैपनि सरकारी सेवा सुबिधा नलिने घोषणा गरेका छन् । पनौती नरपालिकाको आज बसेको अन्तिम कार्यपालिका बैठकबाट नगर प्रमुख,उप प्रमख,१२ वटै बडाका वडा अध्यक्ष, वडा सदस्य लगायत सम्पुर्ण जनप्रतिनिधिले उक्त घोषणा गरेको नगर प्रमुखका स्वकीय सचिब लाल बहादुर लामाले बताएका छन् । उनले जनप्रतिनिधिले प्रदेशबाट प्राप्त हुने भत्ता नलिने र जनप्रतिनिधिले पाएका गाडी तथा मोटर साइकल पनि प्रयोग नगर्ने घोषणा गरेको बताए । साथै आजनै पनौतीका सम्पुर्ण जनप्रतिनिधिले चाबि समेत नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई हस्तन्तरण गरेका छन् । नगर प्रमुख भीम न्यौपानले स्थानीय निर्वाचनलाई मध्य नजर गर्दै नगर प्रमुखको हैसियतमा प्राप्त हुने सेवा सुबिधा नलिने घोषणा गरेको बताएका छन् । उनले सेवा सुबिधा नलिएपनि नियमित कार्य भने कानुनि हक रहेसम्म गरिरहने बताएका छन् ।