काभ्रे
काभ्रेको बनेपा–पनौती सडक आज पनि अवरुद्ध पारिएको छ।
धनेश्वर पुलदेखि खड्पुसम्मको करिब २ किलो मिटर सडक पिच नगरेको भन्दै स्थानीयले दैनिक रुपमा सडक अबरुद्ध पार्दै आएका छन ।
सडक पिच गर्ने सहमति नहुँदासम्म सडक अवरुद्ध कायम गर्न स्थानीयले बताएका छन् । चैत्र १८ गते सम्म पिच गर्ने भनिएतापनि आजसम्म कुनैपनि काम अगाडि नबढाइएको कारण आज पुनः बाटो बन्द गर्न बाध्य भएको एक स्थानीयले बताए । हाम्रो माग सुनुवाइ भएन अब हामी अनिश्चितकाल सम्म बाटो बन्द गर्दछौँ ,एक स्थानीयले बताए ।
मकर मेला अघि पनौती–बनेपा सडक पिच थालिएता पनि धनेश्वर पुलदेखि खड्पुसम्मको करिब २ किलो मिटर भाग भने त्यत्तिकै छोडिएको छ । सडक पिच नहुँदा धुलोको कारण निकै समस्या परेको भन्दैस्थानीय युवाले बनेपा–पनौती सडकको खड्पु र धनेश्वरमा सडकको बिचमा काठको मुढा र बाँस राखेर अवरुद्ध पारेका छन । स्थानीएले धुलो नउड्नको लागि पानि कहिले काहिँ पानि हालिन्छ तर त्यो पनि नालिको पानि बाटोमा हालेको बताउँदै दुखेसो गरे । बन्दका कारण सर्बसाधारण निकै कठिनाईमा परेका छन् । बाटो बन्द गर्ने स्थानीयले पत्रकार , एम्बुलेन्स लगाएतका बिरामी बाकेका सवारी साधनलाइ पनि निकै कडा गरी छोडिदिएका छन् ।