काभ्रे
दल तथा उम्मेदवारले आफूहरूको एजेण्डामा चासो देखाउनु पर्ने काभ्रेपलाञ्चोकका विद्यार्थीको माग रहेका छ। चुनाव नजिकिएसँगै नागरिकले आ–आफ्नो क्षेत्रका लागि आवश्यक माग गरिरहेका छन् भने उम्मेदवारले पनि पूरा गर्ने आश्वासन दिइरहेका छन् । तर आफूहरूको आवाज उठाइदिने र सुनिदिने कोही नभएको बालबालिकाहरूको गुनासो छ । उम्मेदवारहरूले पनि बालबालिका र विद्यालयको क्षेत्रमा पर्याप्त ध्यान पु¥याउन सकेका छैनन् । अहिले उम्मेदवारहरूले विकास गर्ने भन्दै बाटोघाटो, सडक, पुल पुलेसालाई महत्व दिँदै घोषणापत्रमा पनि यस्ता विषय प्राथमिकतामा राखेका छन् । शिक्षा र बालबालिकाका विषय समेटिए पनि पर्याप्त नभएको बालबालिका तथा उनीहरूको क्षेत्रमा काम गर्नेहरू बताउँछन् । सामुदायिक विद्यालयको गुणस्तर सुधार, बालबालिकाका मुद्दा उम्मेदवारले उठाए पनि प्राथमिकतामा नपरेको पार्वती माध्यमीक विद्यालयका छात्रा नितिसा तिमल्सिनाले बताउनुभयो । काभ्रेका सुगम ठाउँका केही विद्यालयमा शिक्षाको गुणस्तरत राम्रै भए पनि विकट गाउँपालिकामा गुणस्तरीय शिक्षा सोचे जस्तो छैन । यस विषयमा शिक्षकहरुको अझ बढी ध्याज जान आवाश्यक छ ।काभ्रेमा हाल आधारभुत तहमा ३ सय ७८ र माध्यमीक तहमा १ सय ४९ गरी ५ सय २७ ओटा सामुदायिक विद्यालय छन् ।