ललितपुर
ललितपुरको बागमती गाउँपालिका वडा न ४ प्युटारमा अगरउडको बिरुवा वितरण गरिएको छ । ४ न वडा भित्रका नागरिकलाई अगरउडको बिरुवा वितरण गरेको हो। वडाका नागरिकमा आर्थिक समृद्धि ल्याउनको लागि अति बहुमुल्य विरुवा अगरउड वितरण गरिएको वडा अध्यक्ष रामकुमार लामाले जानकारी दिएका छन्। वडा न ४ प्युटारको वड कार्यालयमा भएको बिरुवा वितरण कार्यक्रममा वडा भित्रका १ सय १८ जना नागरिकलाई बिरुवा वितरण गरिएको वडा अध्यक्ष रामकुमार लामाले जानकारी दिए। वडा कार्यालयलेले बागमती गाउँपालिका वडा न ७ नागटार स्थित पाण्डे बिरुवा तथा नर्सरी फर्मबाट ४ सय बिरुवा एक लाखमा खरिद गरि वितरण गरिएको पनि अध्यक्षले बताएका छन् । अगरउड बिरुवा लगाएपछी त्यसको पातबाट चियापत्ती, बोक्राबाट सुगन्धित तेल र काठको चुरोबाट धुप लगाएत अन्य बास्नादार बस्तु बनाउन सकिने भएकोले यो बिरुवा उपयोगी ठानी वितरण गरिएको उनले बताएका छन् । अहिले परिक्षणको लागि थोरै मात्रामा बिरुवा वितरण गरिएको र यसको बजार व्यवस्थापन र उपयोगिताको थप अनुसन्धान गरि आबश्यक परेमा अन्य बिरुवा पनि वितरण गरिने उनको भनाई छ । अगरउड बनाउनको लागि इनोकुलेशन र आबश्यक प्राबिधिक सहयोग साथै बजार व्यवस्थापन सम्म आफैंले सहयोग गर्ने पाण्डे बिरुवा तथा नर्सरी फर्मका संचालक कुमार पाण्डेले बताएका छन् । बागमती गाउँपालिकाका सातै वटा वडाको हावापानी र भौगोलिक बनावट अगरउड बिरुवाको लागि उपर्युक्त भएकोले अन्य वडाका नागरिकलाई पनि बिरुवा रोप्न लगाइ गाउँपालिका भित्रका नागरुकको आर्थिक समृद्धि ल्याउनको लागि अगाडि बढ्नु पर्नेमा उनको सुझाव छ।बिरुवा वितरणको फोटोहरु :