ललितपुर
अध्यक्ष वीरबहादुर लोप्चनका छोरा सूर्यकिरण लोप्चनलाई बागमती गाउँपालिकाको पालिका स्तरीय थाङसिंटार अस्पतालमा आफ्नै बाबुको पावरमा जागिर दिलाएको भनेर अहिले केही मिडिया तथा सामाजिक संजालमा प्रचार भइरहेको छ । तर गाउँपालिका अध्यक्ष वीर बहादुर लोप्चनले बास्तबिकता नबुझि समाचार सम्प्रेषण गर्ने मिडियाको पछि नलाग्न आग्रह गरेका छन् । बास्तबिक तथ्य त यो हो कि लोप्चनका छोरा सूर्यकिरण आफैं डाक्टर हुन् । डाक्टर पास भैसकेपछि उनी अमेरिका जान चाहन्थे । पटक पटक अमेरिका जान्छु भन्दै खुट्टा उचाल्ने छोरालाई बाबु वीरबहादुरले जबर्जस्ती तिमिले नेपालमै सेवा गर्नुपर्छ भनेर राखेका थिए । यसैबीचमा बागमती गाउँपालिकामा पालिका स्तरीय थाङ्सिङ्टार अस्पताल संचालनमा आयो । त्यसपछि अस्पतालमा सेवा गर्न डाक्टर को पद्पुर्ती को लागि दरखास्त आव्हान पनि गरियो तर बागमती जस्तो दुर्गम गाउँमा गएर काम गरिदिने चिकित्सक भ्याकेन्सी खोल्दा समेत नपाएपछि अध्यक्ष आफैंले छोरालाई अस्पतालमा बसेर जनताको सेवा गर्न मैले नै दबाब दिएको अध्यक्ष वीर बहादुर लोप्चन भन्छन । बाबुको दबाबका कारण अमेरिकाको सपना देखेका उनै सुर्यकिरण अस्पतालमा काम गरिरहेका छन् । अध्यक्ष लोप्चन भन्छन्, ‘चुनावमा गाउँमै डाक्टर ल्याउँछु भनेर भाषण गरिहालेँ । पछि थाहा भयो, पढेका डाक्टर त गाउँमा आउनै नमान्दा रहेछन् । बोेलेको वचन पूरा गर्नुपर्छ भनेर ललितपुरकै स्टार अस्पतालमा काम गर्ने छोरोलाई जबर्जस्ती गाउँमा ल्याएको छु । गाउँकै या अन्य क्षेत्रबाट कुनै पनि डाक्टर यो गाउँमा बसेर काम गर्छु भनेर आउँछ भने म भोलि नै छोरालाई त्यहाँबाट राजीनामा दिन लगाएर उसैलाई राख्ने प्रक्रिया थालिदिन्छु । तर चुनावको मुखमा आएर यस्तो वाइयात हल्ला फिजाउने मिडिया हरु प्रती म दु:ख व्यक्त गर्दछु अध्यक्ष लोप्चनले आक्रोश व्यक्त गरे ।’अध्यक्ष लोप्चनका छोरा सूर्यकिरणले जोरपाटीस्थित नेपाल मेडिकल कलेजबाट एमबीबीएस गरेका छन् ।